इलाम कांग्रेस सभापतिमा डम्बर खड्का विजयी


इलाम, ११ मंसिरः नेपाली कांग्रेस इलामको १४ औँ जिल्ला अधिवेशनबाट युवा नेता डम्बर खड्का सभापति पदमा विजयी भएका छन् । उनले अर्का उम्मेद्वार भेषराज आचार्यलाई १६० मतले पछि पर्दै विजयी भएका हुन । डम्बर खड्काले ९३५ ल्याउँदा आचार्यले ७७५ मत ल्याएका हुन । 

यस्तै उपसभापतिमा खगेन्द्र देवानले ८७४ मत र विष्णु कुमारी दहाल लिम्वुले ७७८ मत ल्याउँदै विजयी भएका छन् । सचिवमा पूर्ण प्रसाद गौतम ८१९ मत र निरोज खड्गीले ७९३ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा भने डालाकुमारी कार्की ८६५ र देवेन्द्र कुमार सुवेदीले ७८१ मत ल्यउँदै विजयी भएका हुन । 

इलाममा संस्थपन पक्षका डम्बर खड्काको प्यानल, संस्थापनकै केशव थापाको प्यानल र संस्थापन इतर हिमालय कर्माचर्याको प्यानलबाट डम्बर खड्कालाई सभापतिको साझा उमेद्बार बनाएका थिए । आचार्यभने संस्थापन इतरबाट उम्मेद्वार बनेका हुन । खड्काको प्यानलबाट सभापति, एक सचिव र एक सहसचिवले वाजी मारे भने आचार्यको प्यानलबाट दुई उपसाभापति एक सचिव र एक सहसचिवले बाजी मारेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment