पत्रकार माधव चम्लागाईं इलामबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा शानदार मतका साथ विजयी


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार इलाममा भएको जिल्ला अधिवेशनबाट पत्रकार माधव चम्लागाईं महाधिवेशन प्रतिनिधिमा शानदार मतका साथ विजयी भएका छन् ।

शनिबार भएको मत गणनाको परिणाम अनुसार अनलाइन संचारमाध्यम हाम्राकुरा डटकमका संस्थापक समेत रहेका चम्लागाईं भारी मतका साथ विजयी भएका हुन्। अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट निर्वाचित हुने एक जना महाधिवेशन प्रतिनिधिका लागि चम्लागाईंसहित किशोरकुमार कार्की र रविचन्द्र अधिकारी चुनावी प्रतिस्पर्धामा थिए।

प्राप्त परिणाम अनुसार चम्लागाईंले ८५१ मत ल्याएर विजयी भएका हुन्। त्यस्तै अर्का प्रतिस्पर्धी कार्कीले ३५९ मत र अधिकारीले २४२ मत प्राप्त गरे। इलाममा १७९५ मत मध्ये १७३२ मत खसेको थियो। अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा आरोहण गर्न पाउने अधिकारलाई विश्वमा स्थापित गर्न सफल भएका पत्रकार चम्लागाईं विगत डेढ दशकदेखि पार्टीको क्रियाशील सदस्य थिए। साथै दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment