कांग्रेस अधिवेशनः इलामको क्षेत्र नं. १ मा राई र क्षेत्र नं. २ मा इदिङ्गो विजयी


इलाम, ८ मंसिरः नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ को सभापतिमा समशेर राई र क्षेत्र नं. २ मा  डिकेन्द इदिङ्गो  विजयी भएका छ्न । दुवै विजयी क्षेत्रिय सभापति जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य पक्षका हुन ।

क्षेत्र नं. १मा राईले खसेको ७११ मत  मध्ये दुई सय ४७ मत ल्याएर सभापतिमा विजयी बनेका हुन ।

३३ मत अन्तरले राई सभापतिमा बिजयी बन्दै गर्दा सभापतिका अर्का उम्मेद्वार भिष्म प्रधानले दुई सय १४ मत प्राप्त गरेका थिए । अर्का सभापतिका उम्मेद्वार दुर्गा बरालले एक सय ९७ मत र मिलन क्षेत्रीले २१ मत ल्याए । 

सचिवमा २५४ मत सहित राजकुमार लिम्बु सेरेङ र २३१ मत सहित यामन लामा बिजयी बनेका छन ।

यस्तै सह सचिवमा ३१० मत सहित प्रज्वल भट्टराई र २६६ मत सहित बुघराज लिम्बु प्रत्यक्ष सदस्यमा देवेन्द्र अधिकारी , नितेश खत्री र राजु राई बिजयी बने । सदस्य खस आर्यतर्फ गणेश खड्का सदस्य आदिवासी जनजाती महिला तर्फ बिमला तामाङ रेमलता गुरुङ आदिवासी जनजाती खुल्ला तर्फ जिवन राई र रविन देवान बिजयी भएका छन ।

यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा ४३२ मत प्राप्त गरि इदिङ्गो बिजयी बन्दा अर्का प्रतिष्पर्धी नुतनदेव दुलालले २९८ मत प्राप्त गरेका थिए ।  यस्तै तेस्रोमा  नरेश श्रेष्ठले १८८ र चौथोमा मनकुमार बुढाथोकीले ७४ मत ल्याएका छन् । यस्तै सचिवमा सुवास घिमिरे र वविन धनकुमार राई सहसिचवमा खोम खतिवडा र अम्विका चौहान विजयी भएका छन् । 

१ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

अव इलाममा जिल्ला अधिवेस यहि १० गते हुने छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment