प्याब्सन इलामको अध्यक्षमा रगुन गुरुङ

  • बिमल अधिकारी


इलाम, ४ पौषः  प्याब्सन इलामको नबौं अधिबेशन  रगुन गुरुङको अध्यक्षतामा जिल्ला कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ। निजि तथा आबासिय बिधालय संगठन (प्याब्सन) इलामको नवौं अधिबेशन शनिबार सम्पन्न भएको हो। 

वरिष्ठ उपाध्यक्ष नुनुमा राई रहेको समितीको उपाध्यक्षमा देब नारायण बराल, सचिबमा छवि लम्साल, सह सचिब र कोषाध्यक्षमा क्रमश मेघ अधिकारी र देउकुमार राई रहेका छन। अधिबेशन बाट रबिन लोहनी , तोया घिमिरे ,बुद्द राई, युबराज रिजाल, बिष्णु गड्तौला , गोपाल राई, कुश थेबे, लाकेल लामा,  ठाकुरमान राई गरि १५ सदश्य जिल्ला कार्य समिती चयन भएको छ।

कार्यक्रम संघीय सासंद सुबास चन्द्र नेम्बाङको प्रमुख आतिथ्यता , प्रदेश सासंद राम राना र प्याब्सन प्रदेश अध्यक्ष युबराज बासिस्टको  विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। सोही कार्यक्रममा निजि बिद्यालय क्षेत्रमा  लामो समय अगाडीबाट योगदान पुर्याउनु हुने पदम बहादुर राई, चन्द्रा प्रधान रन्जितकार र सुर्य खवासलाई सम्मान समेत गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment