फोटो खिच्ने क्रममा पुलबाट लडेर शिक्षकको मृत्यु


कैलाली ४ माघ। यहाँस्थित गोदावरी पुलमा फोटो खिच्न खोज्दा पुलबाट खसेर एक शिक्षकको मृत्यु भएको छ ।

सोमबार बेलुका उक्त घटना भएको हो । हाल जीर्ण अवस्थामा रहेको गोदावरीको पुरानो पुलमा फोटो खिच्न भनी गएको र खसेर घाइते भएको स्थानीय प्रतक्षदर्शीले बताएका छन् । अछामको मंगलसेन नगरपालिका– ५ घर भएका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । उनी शिक्षक रहेको खुलेको छ ।
पुलबाट खसेर खसेर घाइते भएका भाटको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । यद्यपि उनले मापसे समेत गरेको बताइएको छ ।
तर मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment