कोरोना अपडेट : मुलुकभर थप ४ हजार ९६१ जनामा कोरोना पुष्टि, तीनको मृत्यु


काठमाडौं २ माघ। पछिल्लो एक सातायता नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १५ हजार १३१ जना नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप तीन संक्रमितको मृत्यु भएको छ । मुलुकभर हाल २५ हजार ६८० जना संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment