सरकारको स्मार्ट लकडाउन : विहेमा ५० जना, फिल्म हलदेखि हाटबजारसम्म बन्द


काठमाडौं माघ २। सरकारले स्मार्ट लकडाउन सुरु गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी बैठक, गोष्ठी भर्चुअलरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
कुनै पनि कार्यक्रम नगरी नहुने अवस्थाको भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजेन परीक्षणपछिमात्रै गर्नुपर्ने, सिनेमा हल, डान्सबार, हेल्थक्लब, स्वीमिङ पूल, हाटबजार १५ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment