अपडेटः अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै नष्ट


इलाम, २ माघः इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ ।


इलाम टी प्रोर्डयुस प्रा. लि.द्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको उधोगले जनाएको छ।

आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासी कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख इन्सपेक्टर देउप्रसाद लिम्बुले जानकारी दिनु भयो ।

आगलागिबाट करोडौको क्षति भएको संचालक किसन गिरीले जानकारी दिनुभयो । भएको संरचना सबै जलेर नष्ट भएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आउन अझै केही घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ । क्षतिको बिवरण संकलन गर्न भने वाँकी रहेको छ । आगलागिको कारण खुल्न सकेको छैन । आगो निभाउन बारुण यन्त्र लाने क्रममा सडक आसपासका केहि संरचना भत्काईएको छ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment