इलाम जिल्ला ए डिभिजन लिग :देउराली र जस्वीरेको जीत


इलाम, २४ पुष : इलाममा जारी जिल्ला ए डिभिजन लिगमा आज पनि ३ खेल सम्पन्न भएका छन् ।  फुटबलको विकास र खेलाडी उत्पादनको लागि एन्फा इलाम  जिल्ला ए डिसभजन लिग इलामको ठूलो टुँडिखेलमा भई रहेको छ । 


आज भएका वी पोलकका तीन खेलहरुमा  पहिलो खेलमा देउराली स्पोटीङ क्लवले हेलिवोध फुटबल क्लवलाई  ७–१ ले पराजित गरेको छ । जीतका लागि देउरालीका सुमन धमलाले ४ गोल गरेका थिए । 

दोस्रो खेलमा हेलो जस्वीरेले  माइभ्याली फुटबल कल्वलाई १–० ले पराजित गरेको छ भने तेस्रो खेलमा रेर्ड हर्स इलाम र त्रिवेणी युथ क्लव बरावरी खेलेका  छन् । 

इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ टीम र वी पोलमा ७ वटा टीमको सहभागीता रहेको छ । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment