३३ किलो सुन तस्करी प्रकरण : विमानस्थलबाट रमेश उप्रेती पक्राउ


काठमाडौं २० पुष । ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका गोरेका भाई रमेश उप्रेतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
मोरङ, उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार रहँदै थिए । यसबीचमा ३३ किलो सुन लुकाएको आरोपमा सनम शाक्यको हत्या भएको थियो । घटना प्रकरणबारे गृह मन्त्रालयले छानविन समिति नै गठन गरेको थियो ।
सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वको छानविन प्रतिवेदनले गोरेका दाजुभाइसहित ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment