इलाम । भारतका आगामी चैत्र १ गतेबाट आयोजना हुने यु १८ महिला साफ च्याम्पियनसिपका लागि इलामका दर्शन भक्तराजले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । दर्शनलाई सहायक प्रशिक्षकको रुपमा भगवती थापा र गोलकिपर प्रशिक्षकमा श्रीप्रकाश बैद्यले साथ दिनेछन् ।
एएफसी ‘ए’ कोर्चिङबाट लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । इलाम नगरपालिका–७ का बासिन्दा उनले यसअघि विभिन्न प्रतियोगितामा साविकको पुर्वाञ्चल टिमलाई प्रशिक्षण दिएका थिए । उनकै प्रशिक्षणम गत कार्तिकमा सम्पन्न उपमेयर महिला राष्ट्रिय लिग छनौटमा इलामको रोङ गाउँपालिका सेमीफाइनलसम्म पुगेको थियो ।
चैत्र ११ गतेसम्म चल्ने प्रतियोगितामा नेपाली टोलीले भारत र बंगलादेशसंग डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ ।
0 comments:
Post a Comment