काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संशोधन नभएसम्म कुनै पनि हालतमा एमसीसी पारित गर्न नहुने दोहोर्याएका छन् ।
आज बिहान एकीकृत समाजवादी संसदीय दलको कार्यालय सिंहदरबारमा अर्को सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँगको छलफलपछि प्रतिकृया दिँदै नेता खनालले आफ्नो पार्टीले परिमार्जनविना एमसीसी पारित गर्न नसकिने निर्णय गरेको स्मरण गराउँदै यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने– ‘ नो एमसीसी विथआउट एनी चेन्ज एण्ड एमेण्डमेन्ट ।’
नेता खनालले एमसीसीकै कारण गठबन्धन टुट्नुपर्ने कुनै कारण नरहेको समेत बताएका छन् । संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा आफ्नो पार्टी र माओवादी केन्द्र प्रतिवद्ध रहेको बताउँदै नेता खनालले गठबन्धन टुटाउने पक्षमा कोही नहेको बताए ।
0 comments:
Post a Comment