मन्त्रिपरिषद्ले ३ मिनेटमै पारित गर्यो एमसीसीको ब्याख्यात्मक प्रस्ताव


काठमाडौं १५ फाल्गुन। मन्त्रिपरिषद्‍को बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौतासम्बन्धी ब्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको क्याबिनेट बैठकले ३ मिनेटमै एमसीसीको ब्याख्यात्मक प्रस्ताव पारित गरेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिएकी छन् ।
आइतबार साढे ६ बजेसम्मका लागि स्थगित प्रतिनिधि सभा बैठक पुनः सुचारु गरिनेछ । बैठकमा ब्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नेछन् र पारित गरिनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment