विराटनगर । मोरङ प्रहरीले गत फागुन ११ गते मोरङको जाँतेकी १२ वर्षीया बालिकाको हत्या आरोपमा ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर बालिकाको हत्यामा संलग्न लेटागङ नगरपालिकाका दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । बालिकाले लगाएको बेल्ट र कडीको पहिचानका आधारमा हत्यारा पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
कक्षा ६ मा अध्ययनरत बालिका स्कुलबाट घर फर्कने क्रममा जङल छेउमा गिरीसँ भेट भएपछि उनले बालिकालाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेपछि अभिभावकलाई सुनाउने डरले बालिकाको घाँटी थिची मुख छोपेर हत्या गरेको खुलेको एसपी जिसीले जानकारी दिए ।
बालिकाको हत्यापछि नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुुगांले छोपेको अवस्थामा भेटिएको थियो । गिरीलाई कर्तब्य ज्यान र जवरजस्ती करणी मुद्धामा जिल्ला अदालत मोरङमा म्याद थप गरिसकिएको प्रहरीले जनाएको छ ।
गिरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिछेद ५ को दफा बमोजिम जन्म दैक हुनसक्ने एसपी जिसीले जानकारी दिए ।
0 comments:
Post a Comment