इलाम, ७ फागुनः आइईसीसी टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा समूह बी अन्तर्गत आज नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो जीत निकालेको छ । टसहारेर नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओफरमा ८ विकेटको क्षतिमा ८२ रन बनाएको थियो ।
फिलिपिन्सका लागि जोर्डन एलेग्रा सर्वाधिक २७ रन बनाएका थिए । त्यस्तै डेनियल स्मिथले २० रन र कप्तान जोनाथन हिलले ११ रनको योगदान गरे । अन्य व्याट्समेनले दोहो अंक जोड्न सकेनन ।
वलिङ तर्फ नेपालका कप्तान सन्दीप लामिछानेलो ४ ओभरमा ९ रन दिएर तीन विकेट निकालेका थिए । दिपेन्द्र सिं एरी, कुसल मल्ल, अभिनास वोहोरा, जितेन्द्र मुखिया र गुल्सन झाले समान १÷१ विकेट निकालेका थिए ।
यस अघि टस हारेर व्याटिङको निम्तो पाएको थियो । नेपालले निर्धारिच २० ओभरमा कुशल भुर्तेलको सतकमा तीन विकेटको क्षतिमा २१८ रन बनाएको हो । नेपालका लागि सतकिय पारी खेलेका भुर्तेलले ६१ बलको सामाना गर्दै १३ चौका र १ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका थिए ।
त्यस्तै अर्का ओपनर असिफ शेख भने शुन्य रनका आउट भएका थियो शेख आउट हुँदा नेपालको स्कोर ९ रन रहेको थियो । दोस्रो ओभरको पहिलो वलमा शेख आउट भए पछि आएका कुशल मल्लले पनि राम्रो व्याटीङ गर्न सकेनन उनी चौथो ओभरको दोस्रो बलमा व्याक्तिगत १२ रनको स्कोरमा आउट भए ।
मल्ल आउट भए पछि आएका दिपेन्द्र सिं एरीले भने आक्रमक शुरुवात गदै ४७ वलमा ६ चौका र ४ छक्काको मद्दतले ८३ रन बनाउँदै १८.५ ओभरमा आउट भए त्यस वेला नेपालको स्कोर २०७ रन रहेको थियो ।
लोकेश वमले भने ३ वलको सामाना गर्दै १ छक्काको मद्दतमा ६ रन बनाए ।
फिलिपिन्सको वलिङ धरैनै फितलो देखियो फिलिपिन्सका तर्फबाट डेनियल स्मित, मिग्गी पोडोस्गी र गुरभुपिन्दर चौहानले समान १÷१ विकेट निकालेका थिए ।
आजको खेलमा मेन अफ दि म्याच सतकवाज कुशल भुर्तेल भएका छन् । नेपालले २ खेलमा ४ अंक जोड्दै समुह बीको शिर्ष स्थानमा रहेको छ । नेपालले अर्कोखेल तथा लिगको अन्तिम खेल केनडा सँग सोमबार खेल्ने छ । नेपाल क्वलीफाई हुनको लागि फाइनलिसट् हुनु पर्ने छ फाइनल खेलने दुई टीम विश्वकपको लागि छनोट हुने छन् ।
0 comments:
Post a Comment