जेठाजु र ससुराद्वारा २७ वर्षीया बुहारीमाथि एसिड प्रहार


कलैया (बारा) १२ चैत्र । बारामा एसिड प्रहारबाट एकजना महिला घाइते भएकी छन् । बारा जिल्लाको कलैया वीरगन्ज सडकखण्ड अन्तर्गत पर्ने कोइरिया टोला नजिकै एसिड प्रहार हुँदा वीरगन्ज महानगपालिका वडा नं. १३ श्रीपुर बस्ने उमेश साहको श्रीमती २७ वर्षीय सीता पटेल घाइते भएकी हुन् ।
शुक्रबार बेलुकी करिब ८ बजेको समयमा माइती कलैया जाने क्रममा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २३ कोइरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । एसिड प्रहारबाट उनको शरीर पोलेको छ । वीरगन्जबाट माइती घर कलैया जाने क्रममा जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरेको उनले आरोप लगाएकी छन् ।
ना.६० प ७२७९ नं. को स्कुटी आएका उनीहरुले सीतामाथि एसिड प्रहार गरी भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते महिलालाई उपचारका जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment