एमालेले दुई तिहाइ होइन, त्यसको उल्टो दुई–तीन सिट चाँही जित्छ : झलनाथ खनाल


काठमाडौं १२ चैत्र । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दुई तिहाई नभइ त्यसको उट्टो दुई–तीन सिट जित्ने दावी गरेका छन् ।
काठमाडौंमा भइरहेको समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेले दुईतिहार्य नजित्ने ठोकुवा गरेका हुन् ।
‘एमालेले दुई तिहाइ होइन । ठीक उल्टो दुई–तीन सिट जित्न सक्छ,’ नेता खनालले भने । उनले हाल एमालेले गर्नसक्ने सम्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गरे उक्त गठबनधनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment