राष्ट्रिय वाणिज्य वैंक इलाममा सुन धितो राखेकी विनाले फिर्ता पाईन नक्कली सुन


इलाम, ४ चैत्रः सवैले विश्वस गर्ने ठाउँहो वैंक त्यसमा पनि सरकारी वैंक तर त्यही वैकमा सुन धितो राखेर ऋण निकालेकी इलाम नगरपालिका ८ कि विना चेम्जोङ भने वैंकले नै नक्कली सुन दिएको भनेर गुनासो गर्छिन । 

उनले अफुसँग भएको तीन वटा सिक्री र एउटा औँठी वैंकमा धितो राखेर २०७८ साल असार १० गते इलाममा रहेको राष्ट्रिय वाणिज्य वैंकबाट १ लाख ४७ हजार ऋण निकालेकी थिईन । 

उनी २०७८ साल फाल्गनु १ गते पैसा लिएर धितो रहेको सुन निकल्न दिउँसो २ वजे वैंकमा पुगिन र पैसा वुझाईन उनले यो भन्दा अघि दुई पटक विभिन्न समयमा दुई पटक व्याज पनि वुझाई सकेकी थिईन । पैसा वुझाउँन गएकी विनाले पैसा वुझाए पछि वैंका कर्मचारीले तपाईको सुन लिन ३ वजे पछाडी आउनु भनेर पठाए उनी फेरी ३ वजे वैंक पुगिन त्यो समय पनि उनलाई वैंकका कर्मचारीले धेरै समय कुराए र कागजमा औँठा छाप लगाउन लगाएर उनलाई धितो राखेको सुन दिए । उनले सुन हेर्दा एउटा सिक्री आफ्नो नभएको गुनासो गरिन । गुनासो सुनेर वैंकका कर्मचारीले उल्टै उनलाई वैंकले यसो नगर्ने र तपाईले वैंकको कारोवारमा विश्वास गर्नु पर्छ भनेर गालि गरेर उनलाई त्यहाँबाट पठाए । 

विना त्यस पछि घर गएर आफ्नो सुन थन्कियार वसिन उनले जव फाल्गनु २४ गते नारी दिवसको दिन सिक्री लगाउँन खोजीन सिक्रीमा अड्काउने नभएको पाए पछि उनी सुन पसल गएर अड्काउने बनाउन लगाउँन सुन देखाईन तव सुन पसलेले यो सुन होईन भनिदीए त्यस पछि उनी छाँगाबाट खसे जस्तै वनिन् र हतार हतार वैंक जाने सोचिन तर नारी दिवसको दिन वैंक वन्द थियो । उनी फाल्गुन २५ गते वैंक गईन गुनासो गरिन तर वैंकले गुनासो सुनेन । 

त्यस पछि तत्काल उनी जिल्ला प्रहरी कार्यालयमा गईन प्रहरीहरु सँग आएर वैंकको सिसि टीभी फुटज हेरीयो उनले फर्केर फेरी सोधेको सम्म देखियो तर घटाना सुन लिएको दिन भन्दा २५ दिन वितिसकेकोले कानुनीरुपमा अनुशन्धान गर्न नसक्ने जिल्ला प्रहरी कार्यालयले वतायो । 

यता वैंकका शाखा प्रमुख इन्द्र कार्की भने वैंकमा लहाछाप गरेर राखेको सामान जस्ताको त्यस्तै उनलाई सहिछाप गराएर वुझाएको हो वैंकले सुन साट्ने काम गर्ने नसम्ने र विनाले विना आधार वैंकलाई आरोप मात्र लगाएको दावी गर्दछन् । 

विना त्यस पछि आफ्नो १ तोलाको सिक्री वैंकले नै साटीदिएको हो भन्ँने जिक्किर गरिन तर उनले कतै न्याय पाईनन । वैंक भन्छ हामीले उनको सुन जस्ताको त्यस्तै फिर्ता दिएका छौँ तर नक्कली सुन उनी सँग छ के वैंकले नक्कली सुन धितो राखेर पनि ऋण दिन मिल्छ र ? 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment