भूतखोलामा डुबेर एक युवकको मृत्यु


पाल्पा ४ चैत्र । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोलामा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ का १८ वर्षीय प्रशन्न पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले जानकारी दिए ।
पोखरेल तीनजना साथीसँगै भूतखोला घुम्न आएका थिए । खोलामा हातमुख धुने क्रममा आज दिउँसो ३ बजे खोलामा डुबी वेपत्ता भएका थिए ।
दोभान प्रहरीको सहायतामा तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा अपराह्न करिब ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment