अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता


काठमाडौं ३ चैत्र। मोडल एवं अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । विहीबार १६ वर्षीया किशोरी (गायिका)ले दिएकी जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभिनेता शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।

किशोरीले गत वर्षको चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राति बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा अभिनेता शाहविरुद्ध उजुरी दिएकी थिइन् । किशोरीको सोही उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गरेको हो ।

किशोरीले एकैदिन सकिने छायांकनलाई दुई दिन लगाएर राति रक्सी खुवाएर बलात्कार गरेको आरोप लगाएकी छन् । कावासोतीस्थित सरकारी वकिलले अभिनेता शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनुपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था अनुसार ४ दिनअगाडि नै अदालतमा मुद्दा दर्ता गरिएको हो । उही किशोरीले अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारसम्बन्धी उजुरी दिएकी थिइन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment