युक्रेनस्थित सर्वसाधारण नागरिकले आश्रय लिएको भवनमा रुसी बम आक्रमण


एजेन्सी ४ चैत्र। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश मारिओपोलमा सयौँ मानिसले आश्रय लिएर बसेको एउटा नाटकघरमा बम आक्रमण गरेको आरोप लगाएका छन् ।
रुसी विमानहरूलाई जनाउ दिन उक्त नाटकघरको बाहिर चौरमा ठूलो अक्षरमा “बालबालिका” लेखिएको थियो । त्यहाँ कति जनाको मृत्यु भयो भन्ने आधिकारिक जानकारी आएको छैन ।
रुसले गैरसैनिक मानिसहरूलाई निसाना नबनाइएको दाबी गरेको छ । युक्रेनी सेनाका एक वरिष्ठ अधिकारीले रुसी सेना जमिनमा अघि बढ्न नसकेपछि रुसी लडाकु विमानहरूले गैरसैनिक संरचना र सर्वसाधारण मानिसहरू भएको ठाउँलाई तारो बनाएको दाबी गरेका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment