राजनीतिक अन्याय भयो भनेर पार्टीको उम्मेद्वार विरुद्ध नलडौँ सवै मिलेर निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराऔँः युवा नेता कार्की


इलाम, १५ बैशाखः नेपाली कांग्रेस इलामका  निर्वातमान कोषाध्क्ष तथा नेपाली कांग्रेसका युवा नेता विष्णु कार्कीले सवै मिलेर नेपाली कांग्रेसका आधिकारीक उम्मेद्वारलाई जीताउन आग्रह गरेका छन् । उनले राजनीतिक गर्ने मान्छे लामो यात्रामा निस्केको हुन्छ एक पटक टीकट नपाउँदैमा निराश नहुन आग्रह गर्दै सम्पूर्ण नेपाली कांग्रेस विरुछ रुष्ट भएर वागी उम्मेद्वारी दिएकाहरुलाई उम्मेदवारी र्फिता लिन पनि अनुरोध गरेका छन् ।

उनीले लेखेका छन्   स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गतेलाई लिएर नेपाली काङ्ग्रेस इलाम जिल्लामा कार्यकर्ता माथी व्यापक असन्तुष्टि, बिद्रोह र आम कार्यकर्तामा नैरसता उत्पन्न भएको छ१ गठबन्धनको नाममा थुप्रै कार्यकर्ताको राजनीतिक भबिस्य माथि खेलबाड भएको छ १ राजनीति मा यस्ता कुरा स्वभाबिक पनि हुदोरहेछ। आज राजनीतिक अन्याय भयो भोलि न्यायका लागि सङ्गै लडौला फेरि न्याय प्राप्त गरौला। हामी राजनितिक कार्यकर्ता को लागि पाँच बर्ष त्यति लामो समय होइन तसर्थ असन्तुष्टिको बिचमा हामी बाट दर्ता भएका स्वतन्त्र उम्मेद्बारी हरुलाई फिर्ता लिएर पाँच दलिय गठबन्धन नेतृत्वको उमेदवार हरुलाई बिजय गराउन बिनम्र अनुरोध गर्दछु।    जय नेपाल। 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment