पाकिस्तानको कराँचीमा बम विष्फोट : ३ चिनियाँसहित ४ को मृत्यु


काठमाडौं। पाकिस्तानको कराँची शहरमा बम विष्फोट हुँदा तीन चिनियाँ सहित चार जनाको मृत्यु भएको छ । 
विश्वविद्यालय परिसरमा रोकिरहेको भ्यानमा विष्फोट भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।
कराँची विश्वविद्यालयमा भएको बम विष्फोटको श्रोतबारे अनुसन्धान भइरहेको विश्वविद्यालयका प्रवक्ता मोहम्मद फारुकले बताए । आक्रमण आत्मघाती शैलीको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment