इलाममा गठबन्धनका थापा र एमालेका चेम्जोङ सहित राप्रपाकी मायाको नगर प्रमुखमा उम्मेद्वारी


इलाम, १२ बैशाखः सरकारले आगामी बैशाख ३० गते स्थानिय तह निर्वाचन घोषणा गरेको छ । आजै देशैभर मनोनयन दर्ता समेत भएको छ । इलाम जिल्लामा समेत आजै १० वटै स्थानिय तहमा उम्मेद्धारहरुले मनोनयन दर्ता गराएका छन् ।
इलाममा गठबन्धनबाट केदार थापा मेयरको उमेद्धार
 इलाम नगरपालिकामा सत्तारुढ गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका केदार थापाले नगर प्रमुख पदमा उमेद्धारी दर्ता गराएका छन् । नगरमा काँग्रेसले विष्णु दाहाललाई उपप्रमुखकाे उमेद्धार बनाएको छ । गठबन्धनमा सहमती नभएको भन्दै नेकपा एसले पनि डिकेन्द्र दाहाललाई उपप्रमुख पदमा उमेद्धार बनाएको छ । नेपाली काँग्रेस सहित गठबन्धन दलका उमेद्धारले दिउसो चार बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उमेद्धार मनोनयन दर्ता गराएका थिए ।
एमालेबाट धिरेन चेम्जोङको उम्मेद्धारी
यता इलाम नगरपालिकाको नगर प्रमुख पदका लागि धिरेन चेम्जोङले उमेद्धारी दिएका छन् । यस अगाडी एमाले प्रदेश कमिटीले नरेन्द्रनाथ भट्टराईलाई नगर प्रमुखकाे टीकट दिएको थियो । भट्टराईको विरोधमा एमालेकै कार्यकर्ता उत्रिएपछि प्रदेशले पुन धिरेन चेम्जोङलाई उमेद्धार बनाएको थियो । उमेद्धारी दर्ता पछि भट्टराईले आज सम्म आन्तरीक प्रतिष्पर्धा रहेको भएपनि अव विपक्षि पार्टी सँगको प्रतिष्पर्धामा मिलेर अगाडी बढ्ने बताए ।
एमालेकै उप प्रमुख पदकी उमेद्धार चित्रकला गुरुङको समेत टीकट खोसेर सीता रिजाललाई उपप्रमुखमा पदको उमेद्धार बनाइएको छ । रिजालले सोमबार नै आफ्नो मनोनयनपत्र दर्ता गराएकी छन् । गुरुङले समेत नरेन्द्रनाथ भट्टराईको साथमा उपप्रमुख नउठ्ने भनी राजिनामा दिएकी थिइन ।
राप्रपाबाट मायाको उम्मेद्धारी
उता इलाम नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माया भट्टराईले नगर प्रमुखमा उमेद्धारी दिएकी छन् । उपमेयरमा राजेन्द्र चौहानले राप्रपाबाटै उमेद्धारी दर्ता गराएका छन् ।
इलाम नगरपालिकामा एमालेका दुई वडामा बागी उमेद्धार
नेकपा एमालेमा टिकट नपाएको असन्तुष्टि पछि दुई वटामा वडाध्यक्ष सहित वडा सदस्यहरुले स्वतन्त्र उमेद्धारी दिएका छन् । वडा नम्बर ८ मा योगेन्द्र आचार्यले वडाध्यक्ष पदमा उमेद्धारी दिएका छन् । यस्तै एमालेका कुमार राई, सुस्मीता तामाङ र मेघ बहादुर विष्टले वडासदस्य पदमा स्वतन्त्र उमेद्धारी दर्ता गराएका छन् । दलित महिला सदस्यमा जमुना दासले स्वतन्त्र उमेद्धारी दिएकी छन् ।
पार्टीले टीकटमा पक्षपात गरेको भन्दै उनीहरुले स्वतन्त्र उमेद्धारी दिएको बताए । एमालेले इलाम नगरपाकिाल वडा ८ मा निरोज राउतलाई वडाध्यक्षको टिकट दिएको थियो । यस्तै इलाम ९ मा पार्टीको टिकटमा पक्षपात भएको भन्दै वडाध्यक्ष पदमा शेर बहादुर खड्का स्वतन्त्र उमेद्धारी दिएका छन् । उनी सहित वडा सदस्य पदमा तारा निरौला र लोक बहादुर बस्नेतले स्वतन्त्र रुपमा उमेद्धारी दर्ता गराएका छन् । खड्काले आफू जनता बिचमा लोकप्रीय रहँदा रहँदै अरुलाई टीकट दिएकोले उमेद्धारी सच्याउन पार्टिलाई अझै समय रहेको सुत्रधार अनलाईनलाई जानकारी प्राप्त भएको छ । नेकपा एमालेले वडा नम्बर नौ मा वडाध्यक्षमा ललीत चौहानलाई उमेद्धार बनाएको थियो । यता नेकपा एमालेको टिकट वितरणमा चित्त नबुझेको भन्दै ज्ञान बहादुर चौहानले पनि राप्रपा पनि राप्रपाबाट वडा सदस्य पदमा उमेद्धारी दिएको बताएका छन् । राप्रपाले वडा नौ मा टीका चौहानलाई वडाध्यक्षमा उमेद्धार बनाएको छ ।
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment