असन्तुष्टिबीच गुरुङले दिए सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी


इलाम, १२ बैशाखः नेकपा एमाले इलामका जिल्ला सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिका अध्यक्ष पदमा पाटीका आधिकारीक उम्मेद्वार विरुद्ध उम्मेद्वारी  दर्ता गराएका छन् । 
पाटीले दिएको टिकटमा असन्तुष्ट रहेका गुरुङले सोमबार सन्दकपुर गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारको रुपमा मनोनयन दर्ता गरेका हुन । उनले असन्तुष्टि पछि आइतबार पार्टीको  साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको बताएका थिए ।
नेकपा एमालेले उदय राइलाई अध्यक्षको  टिकट दिएको थियो । राईले आइतबार नै उम्मेद्वार मनोनयन पत्र दर्ता गराएका थिए । यता वडा नम्बर एकबाट गत स्थानीय निर्वाचनमा विजयी वडाध्यक्षका उम्मेद्वार नन्द कुमार राईले समेत एमाले पाटी परित्याग गरी वडा १ मा स्वतन्त्र रुपमा वडाध्यक्ष पदको उम्मेद्वारी दिएका छन् । उनी नेकपा माओबादी केन्द्रबाट विजयी भएपनि उक्त पार्टि परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेले रहर राइलाई वडाध्यक्षमा टिकट दिएपछि उनी स्वतन्त्र उम्मेद्वार बनेका हुन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment