कविता हत्या प्रकरण : दुई जना पक्राउ, अनुसन्धान जारी


काठमाडौं । एसईईको तयारीका लागि ट्युसन पढ्न गएकी कविता सुनुवारको बीच बाटैमा हत्यामा संलग्न भएको आशंकमा गाउँकै दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एकजना कविताकै सहपाठी र अर्का उनका दाइ रहेका छन् । पक्राउसँगै प्रहरीले उनीहरूलाई सोधपुछ गरिरहेको छ ।
मंगलबार बिहान ७ बजे विद्यालय जाँदै गरेकी कविताको उदयपुर बेलका नगरपालिका–३, जसोधा खोलामा हत्या भएको थियो । ।
स्थानीयले बिहान ७ बजे बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । हाल प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको ।
घटनापछि व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले संयुक्त विज्ञप्तिमा जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘निश्पक्ष छानबिन गरी यथाशीघ्र अपराधी पत्ता लगाइ कडाभन्दा कडा सजाय गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । साथै आम नागरिक र विशेषगरी बालिकाहरूको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न सरोकारवालाहरूसँग माग गर्दछौं ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment