हुम्लामा प्रहरीले चलायो ७ राउण्ड गोली, ढुंगा लागेर मतदान अधिकृतसहित २ जना घाइते

३० बैशाख २०७९, शुक्रबा


हुम्ला । स्थानीयत तहको चुनावमा मतदानका क्रममा यहाँको चंखेली गाउँपालिकामा झडप भएको छ । मतदान भइरहेका बेला एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेको र जवाफमा प्रहरीले ७ राउण्ड गोली चलाएको बताइएको छ ।

माथिल्लो हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित महादेव मावि मतदान केन्द्र स्थानीयको उत्तेजित समूहले प्रहरी तथा मतदानमा खटिएका कर्मचारीमाथि ढुंगा–मुढा प्रहार गरेका थिए । ढुंका लागेर मतदान अधिकृतसहित २ जना घाइते भएको बताइएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment