मतदाता ओसारिरहेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

३० बैशाख २०७९, शुक्रबार

काठमाडौँ । स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं.१४ अर्खलाबासमा ग २ च ३०२६ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।
स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप सडकबाट तल खसेको बताइएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको उक्त जीप दुर्घटना भएको थियो । जीप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment