इलाम, २ जेष्ठः इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनको तर्फका नेपाली कांग्रेसका उम्मेद्वार तुलाराम गुरुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका उम्मेदवार उदय राईलाई ९६५ मतले हराएका हुन । गुरुङले ४२२३ मत पाउँदा राईले ३२५८ मत पाएका छन् ।
गाउँपालिकाका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा एसका हरि वहादुर लुङगेली विजयी भएका छन् ।
सन्दकपुर गाउँपालिकाका वडा नम्बर १ र ५ मा नेकपा एमाले विजयी भएको छ भने अन्य वडामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । वडा नं. २ मा नेकपा एस विजयी भएको छ भने वडा नं. ३ मा नेपाली कांग्रेस र वडा नम्बर ४ मा जनता समाजवादी विजयी भएको छ ।
0 comments:
Post a Comment