प्रदेश १ बाट ६ जना डीआईजीमा सिफारिस

 १० असार २०७९, शुक्रबार


बिर्तामोड। गृह मन्त्रालयले बढुवाको लागि सिफारिस गरेका नेपाली प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमध्ये प्रदेश १बाट मात्रै ६ जना डीआईजीमा सिफारिस भएका छन् ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) पदका लागि सिफारिसमा पर्ने ६ जना प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राई, सन्दीप भण्डारी, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल, पोषराज पोखरेल र बुद्धिराज गुरुङ रहेका छन् । उनीहरु खोटाङ, सुनसरी, भोजपुर र ताप्लेजुङका रहेको प्रहरीले जनाएको छ ।
प्रदेश १बाट सिफारिस भएका वरिष्ठ प्रहरी उपरीक्षकहरुले विभिन्न जिल्लाको नेतृत्व समेत गरिसकेका छन् । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवाका लागि सात जनाको नाम सिफारिस गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment