इलामकाे पशुपतिनगर सहित पश्चिम बंगालसँग सीमा जोडिएका नेपाल-भारत नाका ७२ घण्टाका लागि शिल

१० असार २०७९, शुक्रबार

इलाम, दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए)को आइतबार हुने चुनाव सुरक्षाका लागि आज (शुक्रबार) बिहानदेखि पूर्वी नेपाल–भारत सीमा नाका शिल गरिएको छ ।
चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न  भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर र इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि शिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।
उनले शुक्रबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म नाका शिल हुने जानकारी दिए । उनले अनुसार अत्यावश्यक बाहेक काममा नाका वारपारमा पूर्ण निषेध गरिएको छ ।
दार्जिलिङसहित मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा जीटीए चुनाव हुँदैछ । जीटीएको संवैधानिक अस्तित्वमाथि प्रश्न गर्दै चुनाव खारेजीको विरोधमा केही समयअघि कोलकातास्थित उच्च न्यायालयमा रिट परेको थियो । न्यायालयले शुक्रबार चुनावको पक्षमा फैसला गरेपछि चुनाव हुने निश्चित भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment