एमाले झापा अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला

१० असार २०७९, शुक्रबार


झापा । नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको निवास अगाडी शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ ।
गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शुक्रबार बिहान शङ्कास्पद वस्तु फेला परेको हो ।
विहान करिब साढे ५ बजेतिर जडित प्रेसर कुकर देखेपछि अध्यक्ष कार्की आँफैले प्रशासनलाई खबर गरेको जनाइएको छ ।
अहिले नेपाली सेनाको टोलीले उक्त वस्तु निस्कृय गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उक्त वस्तुको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment