बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

१ असार २०७९, बुधबार



हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेको चालुतर्फ २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरिएको मन्त्री जम्मकट्टेलले बताएका छन् ।
कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान लिइएको छ ।

बजेटको पूर्णपाठ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment