आगामी वर्षका लागि प्रदेश १ ले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट (पूर्णपाठसहित)

१ असार २०७९, बुधबार

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत भएको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त गरिने मन्त्री आङबोले बजेट प्रस्ततका क्रममा भनेका छन्।
समपूरक अनुदानतर्फ ९२ करोड र विशेष अनुदानतर्फ मार्फत ४७ करोड ५० लाख प्राप्त हुने भनिएको छ। यस्तै, बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध हुने भनिएको छ ।

पढ्नुहोस् बजेटको पूर्णपाठ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment