इलाम, १ असारः इलाम बिब्ल्याँटे बजारका युवा ब्यवसायी राजन दाहालद्वारा देउमाई नगरपालिका ६मा रहेको सिंहदेवि आधारभुत विद्यालयका २७ जना विद्यार्थीलाइ जुत्ता प्रदान गर्नुभएको छ । वुधबार देउमाई नगरपालिका ६ निवासी दाहाल इलामको बिब्ल्याटेमा ब्यवसाय गर्दै आउनुभएको छ ।
दहालले आज विद्यालयमा नै पुगेर जुत्ता वितरण गर्नु भएको हो ।आफुले क, ख पढेको विद्यालयमा विद्यार्थीलाइ विद्यालय आवतजावत गर्न सजिलो होस भनेर जुत्ता र मोजा प्रदान गरेको दहालले बताउनुभयो ।
वर्षातको समयमा जुत्ता र मोजा पाएपछि विद्यार्थी हर्षित भएका विद्यालयका प्रधानाध्यापक गणेश श्रेष्ठको बताउँनुभयो ।
0 comments:
Post a Comment