घोप्टेभिरमा पहिरो : पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

१ असार २०७९, बुधबार

मुग्लिन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment