राहसल बाल अनाथलयलाई सहयोग गर्न समिति गठन


इलाम, १ असारः इलाम नगरपालिका वडा नं. ९ गोलाखर्कमा रहेको राहसल बाल अनाथलयलाई सहयोग गर्न एक समिति गठन गरिएको छ । उक्त अनाथलयका अध्यक्ष र सचिव अनाथलयकै आश्रित बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक हप्तादेखि प्रहरी  हिरासतमा राखिएको छ । 
अनाथलयकै अध्यक्ष र सचिव जस्तो महत्वपूर्ण पदका व्यक्तिहरु नै छानबीनको लागि हिरासतमा राखिए पछि आश्रित बालबालिकाहरुको खानपान, सुरक्षा र पठनपाठनमा असर पुग्न सक्ने भन्दै बुधबार भएको स्थानीय भेलाले राहसल अनाथलय सहयोग समिति गठन गरिएको छ । अनाथलयको बैंक खाता संचालन गर्ने प्रमुख व्यक्ति प्रहरी हिरासतमा रहेपछि बालबालिकाहरुको दैनिक खाद्यान्न खरिद, शैक्षिक सामाग्री व्यवस्थापन साथै विद्यालयको शुल्क समेत भुक्तानी गर्न असहज भएपछि विशेष परिस्थिति र कानुनी फैसला नहुन्जेलको लागि सहयोग जुटाउन समिति गठन गरिएको भेलामा उपस्थित वडा नं. ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिनु भएको छ ।
इलाम नगरपालिकाकी उपप्रमुख विष्णु लिम्बु दाहालको प्रमुख आतिथ्यतामा संचालन भएको समिति गठन कार्यक्रमबाट संयोजकमा दिलबहादुर बस्नेत सदस्यहरुमा कृष्ण चौहान, राजेन्द्र चौहान, ओमप्रकाश चौहान, लोकबहादुर कार्की, महेन्द्र चौहान, तेजबहादुर निरौला, छत्रबहादुर चौहान, जानुका आचार्य, यादव अधिकारी शिवलाल अधिकारी र शेरबहादुर खड्कालाई चयन गरिएको छ । समिति गठन कार्यक्रममा उक्त अनाथलयको संरक्षकत्व प्रदान गर्न इलाम नगरकी उपमेयर लिम्बु र ९ नं. वडाध्यक्ष चौहानलाई अनुरोध समेत गरिएको छ । त्यस्तै अनाथलयको परिसर खुल्ला रहेको कारण सुरक्षा व्यवस्थापनमा चुनौती थपिएकोले घेराबारा गर्नको लागि स्थानीय सरकार तथा इलाम जिल्लाबाट वैदेशिक
रोजगारमा जाने सहयोगीहरुलाई समेत अनुरोध गर्ने निणर्य गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment