ठमेलको कल सेन्टरबाट ४ चिनियाँ पक्राउ




काठमाडौं । कल सेन्टरको ठगी धन्दाको बिगबिगी चलिरहेको बेला प्रहरीले बुधबार ठमेलको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । प्रहरीले ज्याठास्थित कल सेन्टरमा छापा मार्दैै ४ जना चिनियाँलाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कल सेन्टरबाट प्रहरीले ४७२ थान मोबाइल र २६ थान ल्यापटप बरामद पनि गरेको छ । यसअघि प्रहरीले बुटवलमा पनि छापा मारेर कल सेन्टर सञ्चालकसहित डेढ सय युवायुवतीलाई पक्राउ गरेको थियो । त्यसपछि साउन ९ गते तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर १ जना चिनियाँसहित ३६ जनालाई पक्राउ गरेको थियो ।

कल सेन्टरका नाममा चिनियाँ नागरिकले अवैध धन्दा चलाउदै आएको अनुसन्धानमा खुलेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment