झापामाे मोटरसाइकल दुर्घटना हुँदा पाँचथरका कुमार खनालकाे मृत्यु

 २६ असार २०७९, आईतवार 


झापा, विर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ ।
दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment