इलाममा नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समूह गठन


इलाम, ३२ असारः इलाममा नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समूहको तदर्थ समिति गठन भएको छ । शनिबार इलाम सदरमुकाममा भएको कार्यक्रममा गीता आचार्यको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा अनिता दहाल बस्नेत, सचिवमा पुष्पा लिम्बु, कोषाध्यक्षमा लिलादेवी चौहान, सहसचिवमा दिपा चापागाई र सदस्यहरुमा रोमी पौडेल, निर्लजा खड्गी, कविता कर्माचार्य र बिमला फूएल चयन भएका हुन । 
इलाम नगरपालिकाकी उपमेयर बिष्णु लिम्बु दहाल, संरक्षण समूहका बाग्मती संयोजक तथा केन्द्रिय सदस्य धनपती खनालको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमले समूहको प्रथम जिल्ला अधिवेशन आगामी साउन १५ गते सम्म सम्पन्न गर्ने निणर्य भएको छ ।

बजारमा उत्पादित सामानको पहिलो उपभोक्ताको रुपमा महिलाहरु नैं अगाडी आउने हुदा उत्पादित सामानको गुणस्तरको बारेमा स्पष्ट ज्ञान दिने र गुणस्तरहीन वस्तु उत्पादन गर्नेलाई कसरी कारवाही गराउन सकिन्छ भन्ने कुरामा जनचेतना जगाउन विभिन्न कार्यक्रमहरु आयोजना गर्ने, उपभोक्ता अधिकारको विश्वव्यापी घोषणापत्र अनुसार राज्यले अवलम्बन गरेका नीतिहरु अन्तराष्ट्रिय समुदायले उचित ठहराएको उपभोक्ता अधिकारलाई मुर्त रुप दिन उपभोक्ता अधिकार सम्बन्धि जनचेतना अभिबृद्धि गराउने, द्धन्द पिडित महिला तथा बालबालिकाहरुको क्षेत्र लगायतमा यस समूहले कार्य गर्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment