राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष पालुङ्वा इलामबाट नेम्वाङसँग चुवान लड्ने

  • टीका खतिवडा

इलाम २० साउन : राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा इलामबाट उम्मेद्धारी दिने घोषणा गर्नु भएको छ । इलाम सदरमुकाममा आज पत्रकार भेटघाट गर्दै प्रतिनिधि सभा चुनावमा इलाम क्षेत्र नम्वर दुईबाट उम्मेद्धारी दिने घोषणा गर्नु भएको हो । 
यस अघि समेत सोही निर्नाचन क्षेत्रबाट उम्मेद्धारी दिनु भएका उहाँले यस पटक समेत यहि क्षेत्रबाट चुनाव लड्ने घोषणा गर्नु भएको हो । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव जित्दै आउनु भएको यो क्षेत्रमा यस पटक आफुले बाजी मार्ने दावी गर्नु भएको छ । बिभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेद्धारहरुले जित्दै गएकाले पनि नेपाली जनताले कांग्रेस र कम्युनिष्टहरुको बिकल्प खोज्न थालेको बताउनुभयो । अध्यक्ष पालुङ्वाले नेपाली जनताले कांग्रेस र कम्युनिष्टको अन्त्य गर्न खोजीरहेको उहाँको दावी छ ।
बिचार नमिल्ने दलहरु समेत एकै ठाउँमा भएर चुनाव लड्ने परिपाटी बसेको भन्दै उहाँले सत्ता प्राप्ति नगरी सबै मागहरु सुनुवाई गर्न नसकिने भएकाले चुनावमा भाग लिने निर्णय भएको उहाँले बताउनुभयो । 
उहाँले सत्तारुढदलहरुसँग समेत गठबन्धन गर्न सक्ने नभए सत्ता बाहिर रहेको एमालेसँग समेत गठबन्धनका लागि कुरा भइरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो सत्रुलाई परास्त गर्न सत्रुसँग नै मिल्नुपर्ने हुँदो रहेछ । सत्रुकै क्याम भित्र प्रवेश गरेर उनीहरुलाई परास्त गर्न आफुहरु समेत लागि परेको उहाँको भनाई छ ।
२०७२ सालमा जारी संविधान आफुहरुले स्वीकार नगरेको बताउँदै उहाँले परिमार्जन गरेर अधि बढ्नुपर्ने बताउनुभयो । संघियताले स्थानिय तहलाई केही वढि अधिकार दिएको भएपनि अव सेना, मुद्रा र परराष्ट्र बाहेक सबै अधिकार सरकारलाई दिनुपर्ने उहाँको भनाई छ । स्थानिय तहलाई अधिकार सम्पन्न नगराई संघियताले पुर्णता नपाउने उहाँको दावी छ । 
पार्टीका जिल्ला अध्यक्ष ललित फागोको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विदु कायस्थ, केन्द्रीय सदस्य पवित्रा तुम्वाहाम्फे लगायतको उपस्थिती रहेको थियो । 
बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्न आफुहरुले खवरदारी गर्न जनमुक्ति पाटी लागिरहेको बताइएको छ । 
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आगामी मंसिर ४ गर्ने घोषणा गरेको छ । घोषणासँगै अध्यक्ष पालुङ्वाले इलामबाट चुनाव लड्ने बताउनु भएको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment