इलाममा पुवाखोलाले बगाएर बेपत्ता भएका पुवामझुवाका सुजनको शव फेला



इलाम, १९ साउनः इलाम नगरपालिका ३ पुवामझुवाका सुजन राईको शव पुवाखोलाको दामलीमा शव फेला परेको छ । उनी बुधबार इलाम सदरमुकामबाट घर फर्कने क्रममा पुवामझुवा ३स्थितमा रहेको पुवाखोला तर्ने क्रममा बगाई बेपत्ता भएका थिए । 
उनको खोजीकार्यामा  अस्थाई प्रहरी बिट नेपालटार र स्थानिय मानिसहरुको सयुक्त टोलीले खोजी कार्य गदै जादा  बिहीबार  दिउसो १ बजेईलाम नगरपालिका १ र ४ को सिमाना दामली भन्ने ठाँउमा मृत अवस्थामा फेला पारेको  जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी गाराए । 
घटना स्थलमा इलामबाट प्रहरी निरीक्षक प्रदिप सुवेदीको कमाण्डमा थप अनुसन्धान टोलि खटिई गई कानुनी प्रकृया पुरा गरी शवलाई पोसमाटमको लागी इलाम अस्पताल पठाएको समेत थापाले गानकारी गाराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment