इलाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धनको मर्म विपरित कार्य भएमा नेकपा माओवादी केन्द्र इलामले एकल लड्ने निर्णय गरेको छ । माओवादी केन्द्र इलाम जिल्ला समन्वय समितिको बैठकले गठबन्धनको मर्म विपरित कार्य भएमा २ वटै प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा जिल्ला अध्यक्ष विजय खम्बुलाई अघि सारेको छ । त्यसैगरी क्षेत्र नं २ मा पार्टीका केन्द्रिय सदस्य एवम प्रदेश नं १ का प्रदेश सांसद धिरेन्द्र शर्मा रमणलाई उम्मेदवारको रुपमा सार्वजनिक गरेको हो । त्यसैगरी प्रदेश सभामा इलाम क्षेत्र नं १ को (क) मा गञ्ज बहादुर प्रधान र प्रदेश सभा इलाम क्षेत्र नं १ (ख) मा छविलाल आचार्य (प्रवाश) लाई अघि सारेको हो ।
त्यसैगरी इलाम क्षेत्र नं २ (क) मा कुमार बराइली (अनिल) र क्षेत्र नं २ (ख) मा कान्छा लावतीको नाम अघि सारेको हो ।
0 comments:
Post a Comment