इलाममा वीरगञ्जका आषिशको मृत्यु,आफन्त पत्ता लगेन

 ७ भाद्र २०७९, मंगलवार 

इलाम । इलामको माई नगरपालिका–५ कालिखोलामा बस्दै आएका एक युवाको उपचारका क्रममा मृत्यु भएपछि उनको अन्त्येष्टि गर्न आफन्त नपाउँदा समस्या भएको छ।

साविक पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका –१ रहेको नागरिकता साथमा राखेका बच्चन साहका ४० बर्षिय छोरा आषिश साहको सोमबार मेची अञ्चल अस्पताल झापामा मृत्यु भएको थियो । फोक्सोमा समस्या देखिएपछि उपचारका लगिएकोमा उपचार सम्भव नभएको माई–५ का वडाध्यक्ष भुपाल पुर्वछाने मगरले जानकारी दिनुभयो।
मृतक साह केहि बर्षदेखि माई–५ कालिखोलामा बस्दै आएका थिए । घरदैलो ब्यपार गर्दै हिड्ने क्रममा शाहले माई–५ कै प्रमिला तुम्वाफेसंग विवाह समेत गरेका छन । एक तीन वर्षीया छोरी रहेका मृतक साहको श्रीमती हाल ६ महिनाकी गर्भवती समेत रहेको बताइएको छ। मृतक साहले श्रीमतीलाई समेत स्थायी ठेगना नभनेको र अहिलेसम्म नलगिएको प्रर्मिला बताउँछिन।
मृतक साहको परिवारका अन्य सदस्यहरुसंग मृत्यु भएको ३६ घण्टा सम्म सम्पर्क नहुँदा लास ब्यवस्थापनमा समस्या भएको वडाध्यक्ष पुर्वछानेको भनाइ छ । तर, नागरिकताको आधारमा सम्बन्धित वडाको वडाध्यक्ष सम्म जानकारी पुर्याईएको र वडाध्यक्षले ठुलो गाउँ भएकोले पहिचान गरी खबर पठाउने जानकारी दिनुभएको छ। मृतक साहको घर परिवार पहिचान गर्न प्रहरी समेत लागेको लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख पदम सुन्दर लिम्बूले बताउनु भएको छ।
यता वडाध्यक्ष पुर्बछाने परिवारको पहिचान गरि जिम्मा लगाउन केहीदिन लाग्न सक्ने भन्दै मृतकलाई मेची अञ्चल अस्पताल झापाको लास गृहमा लगि ४–५ दिन राख्ने तयारीमा रहेका बताउनुहुन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment