इलाम, २९ साउनः अन्तर मावि बक्तृत्वकला प्रतियोगितामा मन्टेश्वरी सेकेण्डरी स्कुल इलामकी छात्रा दिप्ति निरौलाले प्रथम स्थान हासिल गरेकी छिन् । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आइतबार इलाममा आयोजित प्रतियोगितामा माउण्ट मेची बोर्डिङ स्कुलकी नर्गिस कार्कीले दोश्रो र प्रज्ञा सदन सेकेण्डरी स्कुलकी समिक्षा निरौलाले तेश्रो स्थान हासिल गरेकी छिन् ।
नेपाल परिवार नियोजन संघ इलाम शाखाको आयोजनामा सञ्चालित प्रतियोगितामा सान्तवना स्वरुप जुविलेण्ट इलाइट एकेडेमीकी छात्रा सोफिया चौहानलाई रेडियोको विज्ञापनमा आवाज भर्ने अवसर पाएकी छिन् । ७ वटा विद्यालयका एक एक जना विद्यार्थीहरुले सहभागीता जनाएको प्रतियोगितामा ‘पुस्तान्तरणमा एकता, विकासमा युवा र सबैको सहभागीता’ शिर्षकमा आफ्नो विचार ब्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका तर्फबाट तिर्थ निरौला, संघकी कोषाध्यक्ष अनुजा शिवाकोटी, पूर्व केन्द्रिय सदस्य कमला शिवाकोटी,शाखा प्रबन्धक कमल सुवेदी लगायतले मन्तव्य राखेका थिए । शाखा सभापति सरोज बैद्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
0 comments:
Post a Comment