इलामकाे सूर्योदयमा सिसाको पुलसहितको साइकल मार्ग निर्माण


इलाम, २९ साउन । इलामको सूर्योदय नगरपालिकाले सिसाको पुलसहितको साइकलमार्ग बनाउने तयारी गरेको छ। एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागवेली पथमा यात्रा गर्न पाउने छन्। साइकलमार्ग १२ किलोमिटर लामो हुनेछ।


नगरपालिकाको ७ करोड ५० लाख, प्रदेश नम्बर १ को नवप्रवर्द्धन साझेदारी कोषको १ करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको १ करोड लागतमा कूल १० करोडमा निर्माण हुनेछ। गत जेठ ११ मा नगरपालिका र नवप्रवर्द्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिए।
सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडे गैरादेखि सूर्योदय नगरपालिका(११ को ऐतिहासिक खलंगा रहेको पुर्णे डाँडासम्म साइकलमार्ग निर्माण हुनेछ। सुरुमा परियोजनाको कूल लागत ७ करोड ५५ लाख अनुमान गरेपनि ुग्लास व्रिजु को लागत बढ्ने भएपछि परियोजनाको लागत १० करोड पुगेको हो। सो मार्गले स्थानीय ४ हजार ८७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने गदालले बताए।
परियोजनाअन्तर्गत नगरपालिकाको मानेडाँडामा १५० मिटर लामो ग्लास ब्रिज निर्माण निर्माण गरिने गदालले बताए। साथै लोपोन्मुख लेप्चाजातिको संग्राहालय स्थापना गरिने छ। परियोजनाले मन्यूमेन्ट पार्क, हेल्थ पाक, चारवटा शौचालय निर्माण गर्ने योजना छ।
अर्गानिक उत्पादनसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारी सम्बन्धी र जैविक मल उत्पादन सम्बन्धी तालिन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। इलाम एमटीभी राइडरका उपाध्यक्ष युवराज बस्नेतले परियोजना जिल्लामै पर्यटकका लागि नयाँ प्रोडक्टको रूपमा विकास गर्न सकिने बताए
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment