इलाम सूर्योदयकी चेली : एन्जिला महिला राष्ट्रिय टिमकी कप्तान

  •  जीवन शर्मा

एन्जिला तुम्बापो सुब्बाको जन्म वि।स। २०५४–०४–१० गते पाँचथर जिल्लाको फाक्तेपमा भएको थियो। तर उनको बाल्यकाल राम्रो रहेन सानैमा बाबाले छोडेपछी उनकी आमा राधिकाले सूर्योदय नगरपालिका १२ तिनघरेका पहिला लक्ष्मीपुर पछि तिनघरे लोक बहादुर राईसग बिहे गरेर आइन । उनी पनि सगै आइन र कर्म दिने बाबाले नै प्रारम्भिक शिक्षा स्थानीय पुर्ण स्मारिका आधारभुतबाट शुरु गराइदिए । उच्च माध्यमिक तहको शिक्षाको लागि भने शसस्त्र प्रहरी डिएसपी प्रेम श्रेष्ठको सहयोगमा राजधानीमा भइरहेको छ । 
एन्जिलाले १३ बर्षको उमेरमा फुटबल खेल्न सुरु गरेकी थिइन्। उनका प्राय स्कुलका दिनहरु फुटबल खेल्दै बितेका थिए। उनले बि स २०७१ सालमा राष्ट्रिय टिममा डेब्यु गरेकी हुन । बि स २०६८ सालमा फिक्कल पान्दाममा महिला फुटबल प्रतियोगिता हुने भएपछि उनी फरर्वाड पोजिसनमा खेल्न गएकी थिइन । तर उनको टिमबाट खेल्ने गोलरक्षक नआएपछि दिदीको आग्रहमा मन नलागी नलागी पनि गोल पोष्ट सम्हालेकी थिइन । उक्त खेलमा पान्दामले कन्याम टिमलाई हराउँदै उपाधी जितेपछि भने दाजु मिलन राईले गोलकिपर खेल्यो भने राष्ट्रिय टिमबाट समेत खेल्न पाइन्छ भनेपछि किपर खेल्न थालेको उनी सुनाउछिन । 
त्यसबेलासम्म फुटबल खेलमा महिलाको राष्ट्रिय टिम हुन्छ भन्ने समेत उनलाइ थाहा थिएन । सोही बर्ष इलाममा महिला फुटबल खेलाडी छनौट हुने भएपछि मनिता राई र भिनाजु सोनाम योल्मुले घरमा बाबुआमालाई राजी गराएर छनौट प्रतियोगितामा लगेका थिए । इलामबाट छनौट भएपछि क्लोज क्याम्पमा बस्दा उनले प्रशिक्षक दर्शन भक्तराजबाट फुटबल खेलको प्राविधिक ज्ञानहरु हासिल गरिन । उनी भन्छिन ‘ त्यसबेला मलाई फुटबल खेलको पोजिसनको बारेमा समेत ज्ञान थिएन । इलाममा गोलकिपर सिकाउने कोचको अभाव थियो दर्शन गुरुले यसरी गर उसरी गर भनेको भरमा खेल केही सुधार आयो ।’ इलामबाट छनौट भएपछि विराटनगरमा क्षेत्रिय छनौट प्रतियोगितामा इलाम टिम प्रथम हुँदा गोलपोष्ट सम्हाल्ने जिम्मा उनले पाएकी थिइन ।
हालै सम्पन्न महिला साग फुटबलमा नेपालले दोस्रो स्थानहासिल गर्दा नेपाली पोस्टमा उनै थिइन् । नेपाललाई त्यो स्थानमा पुर्याउनमा उनको जिम्मेवारी महत्वपुर्ण रह्यो । 
हाल शसस्त्र प्रहरी बलमा कार्यरत एन्जिला एपिएफ क्लवकी जिम्मेवार खेलाडी मात्र होइनन यति बेला राष्ट्रिय टिमकी कप्तान पनि हुन । पाँचथरबाट इलाम आएर सूर्योदयको मान र सानलाई सधै उच्चो राख्दै राष्ट्रको निम्ति खेल्ने यी हाम्री नगरकी चेलीलाई सधैव सम्मान गर्दै अरु प्रगतिको कामना । उनको कप्तानीमा नेपाली महिला टिमले धेरै भन्दा धेरै खेल जितोस । सफल कम्तानको नाम सूवर्ण अक्षरमा लेख्न सफल हुनुहोस धेरै धेरै शुभकामना ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment