इलाम क्षेत्र नं २ मा माओवादी केन्द्रका उम्मेदवार सिफारिस


इलाम । नेकपा माओवादी केन्द्रले मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेश सभाको लागि इलाम क्षेत्र नं २ मा उम्मेदवार सिफारिस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संघीय निर्वाचन परिचालन समिति इलाम क्षेत्र नं.–२ तथा प्रदेश निर्वाचन परिचालन समिति इलाम क्षेत्र नं.–२(क) र २(ख) को संयुक्त बैठकले संघीय निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.–२ को प्रत्यक्ष तर्फ उम्मेदवारका रुपमा केन्द्रिय सदस्य धिरेन्द्र शर्मा (रमण), प्रकाश परियार र नयन राईको नाम सिफारिस गरेको हो ।
संघीय निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.–२ समानुपातिक तर्फका टिका देवि घिमिरे र प्रेम नाछिरिङ राईको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.–२ (क) को प्रत्यक्ष तर्फ विक्रम लिम्बु, धनकुमार राई र प्रवाश शर्माको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.–२ (क) को समानुपातिक तर्फ उर्मिला तामाङ (चन्दा), सोममाया राई (सिन्धु), कुमार बराइली, बुद्धमाया सोङ्मी र विक्रमजित राईको नाम अघि सारेको हो ।
प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.–२ (ख) को प्रत्यक्ष हर्क लावती (कान्छा), धिरेन्द्र शर्मा (रमण), सौरभ गुरुङ र विजय खम्बुको नाम सिफारिस गरेको हो । प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.–२ (ख) को समानुपातिक तर्फ दिपक सिन्चुरी, शुभमाया राई र तिल प्रसाद आङथोपोको नाम सिफारिस गरेको हो ।
नेकपा (माओवादी केन्द्र), इलामको क्षेत्र नं २ मा कान्छा लावती प्रमुख र उर्मिला तामाङ–उपप्रमुख रहेन गरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र परिचालन समिति गठन गरिएको छ । त्यसैगरी सोम माया राई(सिन्धु) प्रमुख र कुमार बराइली (अनिल) उपप्रमुख रहेन गरी इलाम क्षेत्र नं.–२(क) प्रदेशसभा निर्वाचन क्षेत्र परिचालन समिति गठन भएको छ । न्युसन राई  प्रमुख र प्रकाश परियार उपप्रमुख रहेन गरी इलाम क्षेत्र नं.–२(ख) प्रदेशसभा निर्वाचन क्षेत्र परिचालन समिति गठन गरिएको छ ।
बैठकले इलाम निर्वाचन क्षेत्र नं.–२ अन्तर्गतका प्रदेश निर्वाचन परिचालन समिति र पालिकाहरुको बैठक असोज १० गते सम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ । इलाम क्षेत्र नं.–२ मा जनवर्गिय संगठन तथा मोर्चाहरुको भेला तथा बैठक २०७९ असोज १५ गते सम्म सम्पन्न गरिसक्ने निर्णय गरिएको छ । जसको लागि जनवर्गिय संगठन तथा मोर्चाहरुलाइ ब्यापक परिचालन गर्ने निर्णय भएको जनाइएको छ ।
पार्टीको सदस्यता विस्तार अभियानका सन्दर्भमा इलाम क्षेत्र नं.–२ अन्तर्गतका २ वटा प्रदेश निर्वाचन क्षेत्र इलाम २(क) र २(ख) मा १०/१० हजार गरि जम्मा २० हजार पार्टी सदस्यता वितरण अभियान संचालन गर्ने निर्णय गरिएको छ । संघीय निर्वाचन परिचालन समितिको सचिवालय निर्माणका लागि प्रमुख, उपप्रमुख, पार्टीको प्रदेश सदस्य, प्रदेश निर्वाचन परिचालन समिति प्रमुख एवं उपप्रमुख, पालिका इन्चार्ज र अध्यक्ष रहने गरि बनाउने निर्णय गरिएको छ ।
प्रदेश निर्वाचन परिचालन समितिका लागि इलाम क्षेत्र नं.–२(क) र २(ख) मा प्रदेशको निर्णय बमोजिमको प्रमुख र उपप्रमुख साथै सदस्यहरुमा पार्टीको प्रदेश सदस्य, प्रदेश परिषद् सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, वडाअध्यक्ष त्यसैगरि प्रदेश जेष्ठ कम्युनिस्ट, सल्लाहकार समितिका सदस्य, जनबर्गिय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारी साथै निर्वाचन क्षेत्रका सबै जनप्रतिनिधि रहने गरि समिति गठन गरिने भएको छ ।
प्रदेश निर्वाचन परिचालन समितिको सचिवालयमा प्रमुख र उपप्रमुख सदस्यमा पार्टीको प्रदेश सदस्य, पालिका इन्चार्ज, अध्यक्ष र जनगर्गिय संगठनको केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष रहने गरि र कार्यालय टिममा प्रमुख र उपप्रमुख सदस्यमा पालिका इन्चार्ज रहनेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment