अपडेट : ललितपुरको धोबीघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा तीनजना घाइते

 


काठमाडौं । ललितपुरको धोबीघाटमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् । बुधबार दिउँसो ललितपुर महानगरपालिका–३ धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी हुँदा तीनजना घाइते भएका हुन् ।

घाइतेहरुको उपचारका लागि स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने तयारी गरिएको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ ।

दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगोलाग्नुको कारण र क्षतिको विवरण अइसकेको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment