इलाम ६ असाेज। नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समितिले असोज २८ गतेभित्र पालिका सम्म्मेलन सक्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागि इलामको १० वटै पालिकामा संयोजनको जिम्मेवारी समेत तोकिएको छ ।
माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा भएको बैठकले संयोजनको पालिकाहरुमा इलाम र माइजोगमाईमा कुमार बराइली, चुलाचुली र माईमा दिपक सिन्चिउरि, मांसेबुङ र सन्दकपुरमा प्रकाश परियार, सुर्योदय र रोङमा ठाकुर खाती एवं देउमाई र फाकफोकथुममा टिकाराम बराइलीलाई जिम्मेवारी तोकेको छ ।
त्यसै गरि पालिका सम्मेलनका लागि संयोजक समेत तोकेको छ । जसमा इलाममा देव तिखत्री, देउमाईमा इन्द्र मिजार, सूर्योदयमा हेम खाती, माईमा भिम परियार, फाकफोकथुममा लक्ष्मण घतानी, माङसेबुङमा दिल बहादुर गजमेर, चुलाचुलीमा तुलाराम गजमेर, माईजोगमाई दर्पण घिमिरे, सन्दकपुरमा जिवन शिवा र रोङमा सरस्वती विक, राजु खाती र पुर्ण गजमेरलाई तोकेको छ ।
मोर्चाका जिल्ला संयोजक ठाकुर खातीको अध्यक्षता, मोर्चाका १ प्रदेश संयोजक हुकुम सिंह नेपालीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र इलामका संयोजक विजय खम्बुको विशेष आतिथ्यता भएको कार्यक्रममा मोर्चाका फ्याक्सन इन्चार्ज कुमार बराइली, मोर्चा दिपक सिञ्चुरी, मोर्चाको प्रदेश–१ कार्यालय सचिव प्रकाश परियार लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि नेपालीले प्रदेश र केन्द्रको सम्मेलन तयारीका लागि संगठन निर्माण र विस्तारलाइ ब्यापक दिनु पर्ने बताए । उनले अहिलेको उपलब्धि माओवादीले ल्याएको र माओवादी पार्टी निर्माण एवं जनयुद्दमा सबै भन्दा धेरै दलित समुदायको योगदान रहेकोले परिवर्तनमा संगठनको विशिष्ट महत्व रहेको उल्लेख गरे ।
प्रमुख अतिथि नेपालीले मुलुक समाजवाद तर्फ उन्मुख रहेकोले यसको लागि सबै भन्दा पहिलो आवस्यकता विभेद अत्य गर्नुपर्ने, संविधानमा उल्लेख मौलिक अधिकार पुर्ण कार्यान्वयन हुनुपर्ने र सबै क्षेत्रमा सबै समुदायको समान उपस्थिति र नेतृत्व हुनुपर्नेमा जोड दिएका थिए । यता विशेष अतिथि विजय खम्बुले परिवर्तन संस्थागत गर्न र पार्टी निर्माणमा दलित मोर्चा अग्रभागमा हुने पर्ने उल्लेख गरे ।
एक सन्दर्भ उल्लेख गर्दै प्राप्त उपलब्धि पनि दलित आन्दोलन कमजोर भएको कारण कार्यान्वयनमा राज्य आनाकानी गरेकोले प्राप्त उपलब्धिको संरक्षण गर्दै बाँकी आन्दोलनलाइ गन्तव्यमा पुर्याएर समतामुलक नेपाल निर्माणका लागि संगठन शसक्त भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
बैठकले संघ र प्रदेशको निर्वाचनमा पार्टीलाइ विजय गराउन प्रभावकारी भुमिका खेल्ने, विभेद विरुद्द विभिन्न कार्यक्रम गर्ने, चाडवाड विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, मोर्चामा विगतमा नेतृत्व गर्नेको दस्तावेज ब्यवस्थित गर्ने लगायतको महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको थियो ।
0 comments:
Post a Comment